शिस –
काठमाण्डौं- सरकारले बुद्ध जयन्तीका अवसरमा वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।

२५ गते बुद्ध जयन्ती परेको र लकडाउनका कारण बुद्ध जयन्ती मनाउन नसकिएकाले सरकारले घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्तीसँगै कोरोनाको महामारीविरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।
यसअघि लकडाउनकै बीच प्रधानमन्त्री ओलीले देशवासीलाई वैशाख १ गते बिहान राष्ट्रिय गान गाउन आग्रह गरेका थिए ।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...