२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

शिखरमा धान दिवस (फोटो फिचर)

दिपायल- शिखर नगरपालिकाले राष्ट्रिय धान दिवस (रोपाईं महोत्सव) मनाएको छ । नगरपतमालिकाको वडा नं. ८ तिल्ताली सैन अन्तरगत युवा किसान दिनेश बलायरको होखेतमा धान दिवस मनाएको हो ।

“जलवायुुमैत्री कृषि, धान उत्पादनमा बृद्धि” नारा सहित नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा दिवस मनाएको हो । प्रविधिमैत्री र जलवायुुमैत्री कृषि प्रणालीमा जोड दिदै धान उत्पादनमा बृद्धि गर्ने र पालिकालाई धाममा आत्मानिर्भर बनाउने कृषि शाखाको लक्ष रहेको शाखा प्रमुख सुदर्शन कठायतले बताए ।

विगतमा हलगोरु जोतेर रापाईं गर्दै आएका किसानको खेतमा यस वर्ष हाते ट्याक्टरको मदतबाट रोपाईं गरिएको थियो ।

रोपाईंमा नगर प्रमुख दीर्घ बहादुर बलायर, उप प्रमुख सुनिता रावल जोरा, वडाअध्यक्षहरु, नगरपालिकाका कर्मचारी , स्थानीय कृषक लगायतको सहभागिता रहेको थियो ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०८१ असार १५

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP