२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी समिति बैठक वैशाख २५ गतेका लागि डाक्ने निर्णय गरेको छ। 

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेको श्रेष्ठले बताए। उनका अनुसार बैठकमा अन्य शीर्ष नेताहरूले पनि पछिल्लो समय पार्टीभित्र देखिएको विवादबारे आत्मआलोचना गरेका थिए। 

आजको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउने निर्णय पनि गरेको छ।

त्यसका लागि उपयुक्त समयमा प्रत्यन गरिने निर्णय भएको श्रेष्ठले जानकारी दिए।

‘प्रतिनिधि सभामा ल्याउने निर्णयभित्रै वामदेव कमरेड प्रधानमन्त्री बन्ने विषय पनि अन्तरनिहित छ’, श्रेष्ठले भने, ‘वामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छ।’

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो  बनाएर अध्यादेश ल्याएपछि नेकपाभित्रको आन्तरिक विवाद चुलिएको थियो। प्रधानमन्त्री ओलीइतर पक्षको दबाबमा अध्यादेश फिर्ता भए पनि  विवाद भने साम्य भएको थिएन। 

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ बैशाख २०

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP