२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

संसदीय दलका नेता रावलद्वारा जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरेका छन्। शनिबार आफ्नो निर्वाचन क्षेत्र रहेको टीकापुर नगरपालिकालाई २७ क्विन्टल चामल, एक क्विन्टल दाल र एक क्विन्टल नुन सहयोग गरेको रावलले जानकारी दिए।

रावलले श्री रावल फाउण्डेशनमार्फत जन्मदिनको अवसरमा सो खाद्य सामाग्री सहयोग गरिएको बताए। टीकापुर नगरपालिकाको कार्यालयमै गएर नेता  रावल र पूर्व स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन्। उनले झण्डै एक लाख १३ हजार बराबरको खाद्य सामग्री सहयोग गरेका हुन्। लकडाउनका कारण नागरिकलाई परेको समस्यामा सहयोग गरिएको रावलले बताए। 

यस्तै सोही अवसरमा नेपाली कांग्रेस नगर कमिटिले संकलन गरेको ५० क्विन्टल चामल लगायतका खाद्य सामाग्री सहयोग गरिएको छ। त्यस्तै टीकापुर क्षेत्रका १५ जना  सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर समेत वितरण गरिएको छ। कांग्रेसले दुई लाख ५० हजार बराबरको खाद्य सामाग्री सहयोग गरेको हो।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ बैशाख २०

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP