चौमाला- लक डाउनको समयमा दैनिक ज्यालादारी गरेर साँझ बिहानको छाक टार्ने समूहलाई नगरपालिकाको राहत कोषमा ४६ लाख रुपैयाँ जम्मा भएको छ । नगरपालिकाले आफैले ११ लाख रुपैयाँ जम्मा गरेर सुरुवात गरेको राहत कोषमा अहिलेसम्म ४६ लाख १ हजार पाँच सय रुपैयाँ जम्मा भएको छ ।

राहत कोषमा जम्मा भएको रकमबाट अहिलेसम्म नगरपालिकाले दुई हजार पाँच सय ६९ परिवारलाई राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले चार जना सदस्य रहेको परिवारलाई १० केजी चामल, १ केजी दाल, एक लिटर खाने तेल, एक केजी नुन वितरण गरेको छ । यस्तै चार जना सदस्य भन्दा बढी रहेको परिवारलाई भने १५ केजी चामल, दुई केजी दाल, एक लिटर खाने तेल र नुन एक केजी वितरण गरेको नगरपालिकाका मेयर भीमबहादुर देउवाले बताए । उनका अनुसार प्रदेश सरकारबाट ३० लाख रुपैयाँ, विभिन्न सामुदायिक वनबाट ३ लाख ४८ हजार ५ सय रुपैयाँ, निजी विद्यालयबाट एक लाख १५ हजारलगातय संघसंस्थाबाट सहयोग प्राप्त भएको थियो ।
परदेशीको तथ्याङ्क संकलन
रोजगारीका लागि अवसर नपाएर परदेशीएकाहरुको लागत संकलन गरिएको छ । नगरपालिकाले लक डाउनका समयमा भारत तथा तेस्रो मुलुकबाट फर्केका परदेशीहरुको लगत संकलन गरेको छ । अहिलेसम्म गौरीगंगा नगरपालिकामा ६ सय ५० जना मानिस बाहिरबाट भित्रिएका छन् ।
उनीहरुको लगत संकलन गरी निगरानी बढाइरहेको नगर प्रमुख देउवाले बताए । उनका अनुसार सबैको स्वास्थ्य परीक्षण पनि गरिएको छ । उनीहरुलाई वडा र टोलमा गठन भएको निगरानी समूह, आमा समूह तथा स्वास्थ्य स्वयम्सेविकाले निगरानी बढाइरहेको उनले बताए । ‘परदेशबाट फर्केकाहरुको स्वास्थ्यमा कुनै समस्या देखिएमा हामीले टोलमा गठन गरेका समूहलाई सम्पर्क गर्न भनेका छौँ,’ उनले भने,‘त्यही सम्पर्कका आधारमा हाम्रो स्वास्थ्य टोलीसम्म खबर पुग्ने वित्तिकै हामी उद्धार गर्छौँ ।’
भारतबाट फर्केका ३ सय २५ जनालाई आर डी टी जाँच र २९ जनाको स्वाव संकलन गरेर पी सी आर जाँच गरिएको पनि उनले जानकारी दिए । नगरपालिकाले मसुरियाको जनप्रिय माध्यमिक विद्यालय र मालिका माध्यमिक विद्यालय चौमालाको क्वारेन्टाइनमा एक सय ९९ जनालाई १४ दिन स्वास्थ्यकर्मीको निगरानीमा राखेको छ । यस्तै नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवामार्फत् ८ जना बिरामीलाई उद्धार गरेको जनाएको छ । सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री गौरीगंगा नगरपालिकाले नगरपालिकामा रहेर समाचार संकलन गर्ने सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ । नगरपालिका कार्यालयमा बुधबार गरिएको पत्रकार सम्मेलनपश्चात् ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरिरहेको पत्रकारहरुलाई मास्क तथा सेनिटाइजर हस्तान्तरण गरिएको हो ।
‘कोरोना भाइरससँग लड्नका लागि अग्र मोर्चामा रहने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी जस्तै सञ्चारकर्मी पनि रहेकाले उनीहरुलाई आफ्नो स्वास्थ्यमा सतर्कता अपनाइ समाचार संकलन गर्न सहजता होस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हौँ,’ नगर प्रमुख देउवाले भने ।
देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी नेपालका...