२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

वडाअध्यक्ष माथी आक्रमण र वडामा तालाबन्दी गर्नेलाई कारवाहीको दायरामा ल्याउँन माग

डोटी– नेपाली काँग्रेस डोटीले वडाध्यक्ष माथी आक्रमण गर्ने र वडामा तालाबन्दी गर्ने सबैलाई कारवाहीको दायारामा ल्याउँन माग गरेको छ । काँग्रसले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेसका जनप्रतिनीधिहरु रहेको गाउँपालिकाका वडामा तालाबन्दी गर्ने, आक्रमण गर्ने कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

नेपाली काँग्रेस डोटीका सचिव नारायण जोशीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा विश्वभर कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भैरहेको र नेपालमा पनि भाइरसको त्रासपुर्ण वातावरण सृजना भएको उल्लेख छ । यस्तो अवस्थामा विपन्न वर्गलाई राहत प्रदान गरी भोकमरीबाट वचाउन नेपाली काँग्रेसले केन्द्र देखी स्थानीय तहसम्म दबाव दिदै सरकारको ध्यानाकर्षण गरिरहेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ,“नेपाली काँग्रेसका जनप्रतिनीधिहरु रहेको डा. के.आई. सिंह गाउँपालिका डोटीमा राहत वितरणमा सक्रिय भई सहयोग गरिरहेको वडा नं. ४ का वडा अध्यक्ष जयलाल धामी माथी आक्रमण भएको खबरले स्तब्ध भएका छौं । केन्द्र देखि नै जनप्रतिनिधिहरुलाई सर्वदलीय संयन्त्र मार्फत राहत वितरण गर्ने पार्टीको स्पष्ट नीति निर्देशन अनुसार कार्य भैरहेकोमा सोही गाउँपालिका वडा नं. ६ मा भएको तालाबन्दी प्रति पनि डोटी काँग्रेसको ध्यानाकर्षण भएको छ । पत्रकार हुँ भन्दै जनप्रनिधिलाई तर्साउने र पछि त्यही व्यक्तिले कार्यालयमा ताला लगाउँने कार्यप्रती खेद व्यक्त गर्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।”

काँग्रेसले विज्ञप्ती मार्फत वडाध्यक्षको काम कारवाहीमा प्रश्नचिन्ह उठे निस्पक्ष छानविनका लागि पार्टीको असहमती नरहने जानकारी गराएको छ । विज्ञप्ती मार्फत उच्छृंखल तत्वबाट भएको आक्रमणको घोर निन्द्रा गर्दै समयमै तत्काल कारवाहीको दायरामा ल्याउँन सम्वन्धित निकाय संग जोडदार माग गरिएको छ ।

साथै डोटी जिल्लाका सम्पुर्ण स्थानिय तहहरुमा भइरहेको एकलौटी राहत वितरणको समाचार आइरहेकाले सोको प्रतिवादमा उत्रिने समेत चेतावनी दिएको छ ।

राहत वितरणका क्रममा गाउँपालिकाको वडा नं. ६ मा तालाबन्दी गरिएको थियो भने वडा नं. ४ का वडाअध्यक्ष माथी आक्रमण हुनुका साथै वडामा तालाबन्दी गरिएको थियो ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ बैशाख १७

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP