डोटी- नेपाल रेडक्रस सोसाइटी डोटीले जिल्ला प्रशासन कार्यालय डोटी तथा डोटीका ९ वटै स्थानिय तहलाइ सरसफाइ सामग्री हस्तान्तरण गरेको छ ।

कोभिड १९ कोरोना भाइरसवाट वच्न तथा क्वारेनटाइन व्यवस्थापनका लागि सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापती खडक वहादुर खड्काले वताए । हस्तान्तरण गरेको सामग्रीमा २ सय लिटरको पानी ट्याङ्की र सावुन वितरण गरेको सभापती खड्काले वताए ।
नेपाल रेडक्रस सोसाइटी पश्चिम विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत डोटीका पाँच स्थानिय तहलाइ सरसफाइ सामग्री तथा क्वारेन्टाइनका लागि कम्मल वितरण गरेको छ । सामग्रीमा कम्मल, वाल्टीन, त्रिपाल, भाडाकुडा, जग लगायत वितरण गरेको छ ।
सामग्री हस्तान्तरणका क्रममा शिखर नगरपालिका नगर प्रमुख सिताराम जोशीले रेडक्रस डोटीले यति वेला पटक–पटक गरेर उपलब्ध गराएको विभिन्न सामग्रीले नगरलाइ विपद् संग सजग रहन र प्रतिकार्य गर्न सहयोग पुगेको वताए ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...