२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026, Wednesday

राहतको विषयलाई लिएर वडाध्यक्ष माथी आक्रमण : तिन जना नियन्त्रणमा


डोटी : केआईसिंह गाउँपालिका वडा नं. ४ वायलका वडाध्यक्ष जयलाल धामी माथी आक्रमण भएको छ ।

राहत वितरणको विषयलाई लिएर वडाध्यक्ष माथी आक्रमण भएको इलाका प्रहरी कार्यालय वायलका इन्चार्ज भाष्करदत्त पनतले बताए । आक्रमबाट वडाध्यक्ष गम्भिर भएका छन् । उनलाई अस्पताल पठाउँने तयारी भैरहेको छ ।

आक्रमण गर्ने लोकबहादुर कार्की लगायत तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहत पाउँनेको लिस्टमा आफ्नो नाम नभए पछि आक्रमण गरिएको वडा कार्यालयले जनाएको छ । वडाको खाद्यान्न भण्डार गरिएको कोठामा तालाबन्दी समेत गरिएको छ ।

छुटेकाहरुलाई पनि अर्को चरणमा केही दिन भित्रै राहत उपलब्ध गराउने भन्दा भन्दै राजनीतिक पूर्वागृह राखेर नियोजित तरिका बाट एक्कासी आफु माथी आक्रमण गरिएको वडाध्यक्ष धामीले बताए । धामी नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष हुन् ।

धरपकट नियन्त्रण गर्ने क्रममा प्रहरी माथी समेत आक्रमण भएको प्रहरी इन्चार्ज पन्तले बताए ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ बैशाख १७

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP