२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो : बारा र पर्सामा थप ३ लाई कोरोना संक्रमण

बारा र पर्साका थप तीनमा कोरोना संक्रमण भेटिएको छ। भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो। 

नारायणी अस्पताल स्रोतका अनुसार बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो। 

हेटौंडास्थित ल्यावमा उनीहरुको स्वाब परिक्षणका क्रममा कोरोना पोजेटीभ भेटिएको स्रोतको दावी छ। यसको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टी गर्न भने बाँकी छ। 

जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन। यि समेत गरि नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ। 

यसअघी रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो। 

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ बैशाख १७

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP