काठमाडौं- सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयुक्त संघर्ष गर्ने भएका छन्।

सोमबार तीनै दलबीच कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको छलफलले संयुक्त रुपमा संघर्ष गर्ने निश्कर्ष निकालेको हो।
बैठकपछि तीनै दलले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिदै स्वेच्छाचारी भएकोले सरकारविरुद्ध संयुक्त संघर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।
यसैगरी, जसपा सांसद डा.सुरेन्द्र यादवको अपहरण प्रकरणमा पनि तीनवटै दल एक ठाउँमा उभिएर संलग्नलाई कारवाहीको माग गरेका छन्।
लकडाउनको अवधिमा जनताको आवश्यकता पूर्ति गर्न र कोरोना परीक्षण प्रक्रियालाई आगडि बढाउन माग गरिएको छ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजय गच्छदारलगायतका पदाधिकारीहरु सहभागी थिए।
यसैगरी जसपाबाट महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतोलगायतका नेताहरु सहभागी थिए भने राप्रपाबाट प्रकाशचन्द्र लोहनी सहभागी थिए।
दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...