डोटी – सामाजिक संजाल फेसबुक मार्फत काला काँग्रेस जस्ता अपशब्द प्रयोग गरि पोष्ट गर्ने शिक्षकले माफी मागेका छन् । सेती प्राबिधिक शिक्षालयमा करार सेवामा कार्यरत शिक्षक युवराज खत्रीले फेसबुक मार्फ माफी मागेका हुन् ।
खत्रीले सोमबार आफुले काँग्रेस बिरुद्ध लेखेको स्विकार गर्दै आफ्नो लेख प्रति आफै खेद प्रकट गरेका छन् । उनले समग्र काँग्रेस लाई नभै त्यो पोष्ट आफु संगै कार्यरत सहपाठीका बिरुद्धमा लेखेको बताएका छन् ।
यस्तो छ उनले माफी मागेको फेसबुक पोष्ट
खत्रीले बैशाख १२ गते आफ्नो फेसबुक वालमा ‘यस्तो नि समाचार हुन्छ ? यो त काँग्रेसीहरुको चिच्यावट हो । यस्तै अरु नि आउदै गरुन् ।’ भनेर स्टाटस् लेखेका थिए । आफ्नो स्टाटसमा आफै कम्मेण्ट गर्दै उनले,“विगत ३० बर्ष देखी काला काङ्ग्रेसले दोहन गरेको यस सेती प्राबिधिक शिक्षालयलाई अब हामी दोहन गर्न दिन्नौं ।” भनेर लेखेका थिए ।
खत्रीको यस्तो स्टाटस पछि नेपाली काँग्रेस डोटीले सोमबार एक प्रेस विज्ञप्ती निकाल्दै निजलाई कारवाही गर्न माग गरेको छ ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...