२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

केदार विपद व्यवस्थापन समितिद्वारा शिखर नगरपालिका वडा नं. १ लाई राहात हस्तानतरण

डोटी- केदार विपद व्यवस्थापन समितिले शिखर नगरपालिका वडा नं. १ लाई राहत हस्तानतरण गरेको छ । शिखर नगरपालिका वडा नं १ घर भइ धनगढीमा वस्ने विद्यार्थीहरुले गठन गरेको उक्त समितिले वडालाई खाद्यान्न र स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो ।

केदार विपद व्यवस्थापन समितिबाट प्राप्त राहत आइतवार नै वितरण गरिएको छ । कोभिड १९ कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारका १ सय परिवारलाइ राहत वितरण गरेको हो ।

समितिले धनगढीमा रहेका सुभचिन्तकवाट राहत संकलन गरिएको केदार विपद व्यवस्थापन समितिका संयोजक कलेन्द्र शाहीले वताए । वितरण गरिएको राहतमा १ सय वोरा चामल, पिपिइ सात प्रति, मास्क कपडाको ३ हजार २ सय, सावुन १ हजार ८ प्रति, सर्जिकल पन्जा बीस थान, सादा पन्जा २ सय र सोयविन शिखर नगरपालिका नगर प्रमुख सिताराम जोशी मार्फत हस्तान्तरण गरिएको संयोजक शाहीले वताए ।

राहत सामग्री १ सय परिवारलाइ वितरण गरिएको शिखर नगरपालिका वडा नं १ का अध्यक्ष खडक शाहीले वताए । वडाका अन्य वाँकी विपन्न परिवारलाइ नगरपालिकावाट वितरण गरिने राहत सामग्री केही दिनमा वितरण गरिने अध्यक्ष शाहीले वताए ।

राहत वितरणका क्रममा शिखर नगरपालकाका नगर प्रमुख सिताराम जोशीले राहत उपलव्ध गराएर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै यस्ले नगरपालिकाका लागि केही सहयोग मिलेको बताए । नगर प्रमुख जोशीले नगरपालिकाले राहत वितरण गर्नु पर्ने विपन्न परिवारको तथ्याङ्क संकलन गरेर सम्पूर्ण वडालाइ जिम्मेवारी दिइसकिएको बताए ।
लकडाउनका कारण अहिले सम्पूर्ण जनसक्ती ठप्प रहेको अवस्थामा नगर भित्रका कुनै पनि व्यक्तिलाई समस्या परे नगरपालिका सधै साथमा रहने नगर प्रमुख जोशीको भनाइछ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ बैशाख १४

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP