२०८३ भाद्र ८, सोमबार
August 24, 2026, Monday

नदीमा डुुबेर एक जनाको मृत्यु

धनगढी – कैलालीमा नदीमा डुुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुरका ४५ वर्षिय गणेश चौधरीको नदीमा डुबेर मृत्यु हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार बुधवार नदीमा डुबेर बेपत्ता भएको चौधरी बिहीवार मृत अवस्थामा फेला परेका हुन। खेतमा रोपाई गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए।

स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा बिहीवार उनको शव भेटाएको हो। घटनास्थलबाट मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइने प्रहरीले जनाएको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८० असार २१

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP