२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

सेती प्राविधिक शिक्षालयका शिक्षकको आरोप : विगत ३० बर्ष देखी काला काँग्रेसले शिक्षालय दोहन ग¥यो, अब गर्न दिन्नौं

डोटी : सेती प्राबिधिक शिक्षालयका एक शिक्षकले विगत ३० बर्ष देखी शिक्षालय दोहन गरेको आरोप लाएका छन् । करारमा रही शिक्षलयमा शिक्षण गरिरहेका शिक्षक युवराज खत्रीले आफ्नो फेसबुक मार्फत यस्तो आरोप लगाएका हुन् ।

शिखर समाचारले बिहीबार शिक्षालयको स्थलगत रिपोर्टिङ्ग गरी शुक्रबार शिक्षालय वरपरका बोटविरुवाहरु काटिएको र शिक्षालय प्रमुखको निवास वरपर मदिराका बोतलहरु भेटिएको प्रसंगमा समाचार प्रकासन गरेपछि त्यसको वचाउ गर्दै उनले आफ्नो फेसबुकमा काँग्रेसले दोहन गरेको आरोप लगाएका छन् ।

उनले आफ्नो फेसबुक वालमा ‘यस्तो नि समाचार हुन्छ ? यो त काँग्रेसीहरुको चिच्यावट हो । यस्तै अरु नि आउदै गरुन् ।’ भनेर स्टाटस् लेखेका छन् । आफ्नो स्टाटसमा आफै कम्मेण्ट गर्दै उनले लेखेकाछन्,“विगत ३० बर्ष देखी काला काङ्ग्रेसले दोहन गरेको यस सेती प्राबिधिक शिक्षालयलाई अब हामी दोहन गर्न दिन्नौं ।”

शिखर समाचरले शिक्षक खत्री संग कुरा गर्दा उनले अहिले सम्म शिक्षालयमा काँग्रेस नै आउने गरेकोले खानेपानी, बत्ती, भौतिक संरचना सबै दोहन गरेर मर्मत नै नगरेको आरोप लगाए । आफुले फेसबुकमा लेखेको कुरा कपी पेष्ट गरेको हुनसक्ने बताउँदै उनले आफु २०६१ देखी त्यही शिक्षालयमा पढेको र २०७० देखी शिक्षालयमा कार्यरत रहेकाले सबै गतिबिधिबारे जानकार रहेको बताए । काँग्रसले शिक्षालयमाका बोटविरुवाहरु समेत काटछाँट गर्न नसकेको उनको भनाइछ ।
शिक्षक खत्रीले शुक्रबार फेसबुकमा लेखेको स्टाटस् शनिबार भने हटाएको छ ।

यस्तो छ खत्रीको स्टाटस

शिक्षक खत्रीले ८२ जना विद्यार्थीको परिचय पत्र र ट्रयाकसुट प्रति विद्यार्थी २५०० लिएर वितरण गरेको रहस्य खुलेको छ । शिक्षालय आन्तरिक व्यवस्थापन समिति, सञ्चालक समिति संग कुनै सहकार्य समन्वय नगरि, खरिद प्रक्रियाको कुनै प्रक्रिया नचाली व्यक्तिगत सम्बन्धका आधारमा कैलालीमा रहेका साथीबाट खरिद गरेको खत्रीले स्विकार गरेका छन् । शिखर समाचारले यसको फ्लोअप सहितको समाचार अर्को अंकमा प्रकासन गर्नेछ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ बैशाख १३

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP