डोटी- बिहीबार सेती प्राविधिक शिक्षालय दिपायल परिसरमा रहेका बोटविरुवाहरु तथा रुखहरु काटिएको सूचना प्राप्त भयो । गोप्य स्रोतबाट चैत्र महिनाको दोस्रोहप्ता मात्रै शिक्षालयमा नियुक्त भइआएका शिक्षालय प्रमुख बिरेन्द्र बाबू यादवको ठाडो निर्देशनमा रुखहरु काटिएको सूचना प्राप्त भएपछि हामी केही पत्रकार दिपायलस्थित शिक्षालय तर्फ लाग्यौं ।
शिक्षालय प्रवेसद्वारबाटै शिक्षालय वरिपरि भएका बोटविरुवाहरु काटिएको देखियो । शिक्षालय भित्रको मैदान, प्रवेश गर्ने बाटो वरपर, कार्यालय प्रमुखको निवास वरपरका केही रुखहरु, वोटाहरु काटिएको देखियो । केहि वोटाहरु फेदबाटै काटिएका थिए भने केही आधिभागबाट काटिएका थिए । हामि प्रवेश गर्दा शिक्षालयको सुरक्षाका लागि राखिएका कर्मचारी (सुरक्षा गार्ड) लाई वोटा काटछाटमा खटाईएको थियो ।
हामिले यसबारे बुझ्न कार्यालय प्रमुख संग कुराकानी गर्न खोज्यौं र बोलायौं । कार्यालय प्रमुखले एक्कासी हामि गएको प्रति दुःख ब्यक्त गरे । उनको भनाई थियो सूचना पाए पनि हामिहरु त्यहाँ नगैदिनु पर्ने । हामिले बोटविरुवाहरु काटिएको विषयमा कुराकानी गर्न खोज्यौं उनले सुरुमा म रेकर्डमा बोल्दैन भनेर टारे, हामिले बोल्नुस् न सर भनेर अनुरोध गर्दा उनले हाम्रो बिज्ञता जाँच्न खोजे र भने,‘म ब्याङ्गलोरमा पढेको मान्छे हुँ, बिज्ञ मान्छे हुँ । के काट्ने, के नकाट्ने मलाई राम्रो संग थाह छ । तपाइहरु यसरी एक्कासी आउँदा दुःख लाग्यो । उनले उल्टै प्रश्न गरे तपाई के पढ्नु भा हो ?’
हामि त्यहाँ जाँदा उनले यहाँका मान्छेको सोचाइ नै गलत, जंगली व्यवहार जस्ता तर्क दिन थाले । उनले म शिक्षालय भित्रको जंगलमा पढाउँन सक्दैन समेत भने ।
हामिले आफ्नो परिचय दियौं र रेकर्डमा बोल्न भनेउँ उनले मानेन् । उनले हामिलाई अर्को दिन कार्यालय समयमा कार्यालयमै आउँन भने । हामी कार्यालय समयमै दिउँसो गएका थियौं । लामो सम्वाद पछि उनले त्यहाँका अन्यकर्मचारीलाई पनि बोलाए र काटिएका विरुवाको नाम सोध्न थाले र उनिहरु संग प्रश्न सोध्न संकेत गरे । हामिले तपाइ संग नै कुरा गछौं भने पछि बल्ल–तल्ल राजी भए ।
कुराकानीको क्रममा उनले घाँसका रुख र कार्यालय परिसरमा भएका केही वोटाहरु छेकिएको बताए । शिक्षालयको व्यवस्थापन समितिको संयोजक डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुने प्राबधान छ । सरकारी जमिनमा भएका रुखहरु काट्न जिल्ला वन कार्यालय मार्फत विभागबाट अनुमती लिनुपर्ने हुन्छ । तर शिक्षालय प्रमुखले आफु शिक्षलय प्रमुख भएका कारण, सानातिना वोटविरुवाहरु काट्न छेक्न कसै संग सल्लाह, सोधपुछ र अनुमति नलिनु पर्ने बताए ।
सेती प्राविधिक शिक्षालयमा आएको एक महिना नपुग्दै नव नियुक्त शिक्षालय प्रमुख बिरेन्द्र बाबू यादवले बोटबिरुवाहरु काटछाटमा तिव्रता दिएका छन् । काटछाँटका नाममा वोट विरुवाहरु नस्ट नै हुने गरेर काटिएको छ ।
शिक्षालयलाई खूल्ला बनाएर पढाउँने उनको लक्ष छ । अझै पनि जंगल जस्तै बनेका धेरै बोटविरुवाहरु काँटछाँट गर्ने तयारी रहेको उनले बताए । कक्षा कोठाना लाइट नै नपर्ने भएकाले बोटविरुवाहरु काटेपछि लाइट पर्ने र पठनपाठानमा सहजहुने उनको बुझाई छ । उनी प्रश्न गर्छन बोट विरुवा रुखहरु ढलेर बिद्यार्थीलाई चोटपटक लागे त्यसको जिम्मेबारी कस्ले लिन्छ ?
शिक्षालय भित्रै विगत देखि नै सुकेर रहेका दर्जनौं रुखहरु छन् । तिनको काँटछाँटको लागि भने कुनै पहल भएको छैन । बषौं देखी सुकेर रहेका रुखहरु काट्न प्रक्रियागत तयारी भैरहेको शिक्षालय प्रमुख यादवले बताए । आएदेखी लकडाउनमा परेका कारण धेरै काम गर्न नपाएको उनि बताउँछन् ।
शिक्षालय प्रमुख यादवले लकडाउनका कारण कर्मचारीहरु त्यसै बसेको भन्दै जथाभावी काम लगाउन बोटविरुवाहरु काट्न लागएको स्रोत बताउँछ । स्रोतले कर्मचारीलाई दुःख दिने नियतका साथ शिक्षालय प्रमुखबाट यस्तो हर्कत भएको बतायो ।
कर्मचारीहरु गर्मि महिनामा सतिलता दिने रुखहरु विना कारण काटिएको बताउँछन् । बोट विरुवाहरु काटिए पछि शिक्षालय परिसर नाङ्गै जस्तो देखिएको छ ।
यादव खाली बस्नु भन्दा एक्सरसाइज पनि हुन्छ । दुईचार घण्टा काम पनि हुन्छ भन्दै लकडाउनका बेला काम गर्न लगाएको बताउँछन् ।
सुरक्षा गार्ड शिक्षालयको सुरक्षाका लागि मात्रै खटिने भए पनि उनिहरुलाई रुख काट्ने, घाँसका हांगा काट्ने, पात हटाउँने जस्ता कार्यमा लगाइएने गरेको छ । बिहीबार पत्रकारको टोली जाँदा महिला सुरक्षकर्मी लगायतका केही महिला कर्मचारी काटीएका रुखका हाँगा र पात व्यवस्थापनमा व्यवस्त थिए ।
यसबाट शिक्षालय प्रमुखले कर्मचारीलाई दुःख दिने, त्रास देखाउँने आफ्नो हैकम देखाउँने जस्तो नियति प्रष्ट देखिन्छ ।
लकडाउन पछि धेरै जसो कर्मचारी र बिद्यार्थीहरु बिदामा गए पनि केही कर्मचारी निवासमै वस्ने गरेका छन् । निवासको वरपर मदिराका सिसाका बोतलहरु छताछुल्ल फालिएको देख्न पाइन्छ ।
बिहीबार पत्रकारहरुको टोली जाँदा शिक्षालय प्रमुखको निवास नजिकै बाटो तिरको साइडमा दर्जनौं मदिराका बोतलहरु छताछुल्ल अवस्था फालिएको थियो । मदिरा ल्याउन कार्यालयको गाडी समेत प्रयोग गरिने गरेको शिक्षालय नजिकमा बासिन्दाहरु तथा स्थानियहरुको भनाइ छ ।
शिक्षालय प्रमुखले तत्काल त्यस्को व्यवस्थापन गर्न नसकिएको बताउँदै छिटै त्यहाँबाट मदिराका बोतलहरु हटाउँने बताए । उनले ति बोतलहरु आफुभन्दा पहिलाका कर्मचारीले फालेको जिकिर गरे ।
पत्रकारको टोली शिक्षालयबाट बाहिरिए पछि शिक्षलय प्रमुखले त्यस्ता सानातिना पत्रकारले मेरो केही बिगार्न सक्दैनन् भन्दै अझै बोटविरुवाहरु काटिने बताउँदै आएको स्रोत बताउँछ । स्रोतका अनुसार शैक्षिक गतिबिधिबारे कुनै सहकार्य नै नहुँन पाउँदै शिक्षालय प्रमुख संग कर्मचारीको मनमुटाव सुरु भैसकेको छ । प्रमुखको ठाडो भाषा र निर्देनले कर्मचारीहरुमा सन्त्रास छाएको छ । शिक्षालय भित्रको सुरुवाती विवाद हेर्दा शिक्षालय उच्च विवादमा तानिने छाँटकाँट देखिन्छ ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...