२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

पहिरोले ३ राजमार्ग अवरुद्ध, १३ वटा एकतर्फी सञ्चालन

काठमाडौं – भारी वर्षा र पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध बनेका छन्।

सडक विभागकाे आज बिहान ७ः३० बजेकाे तथ्यांकअनुसार देशभरका तीनवटा सडकमा सवारी आवगमन ठप्प छ भने भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन् ।

विभागका अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्गअन्तर्गत हेवा खोलामा पुल बगाएको छ। त्यसले मेची राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

त्यस्तै चतरा–मुलघाट–माझीटार–अमपारपुरडाँडा–गणेशचोक पुग्ने तमोर करिडोरअन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन ।

यता रानी–विराटनगर, इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का पुग्ने कोशी राजमार्गको हाइटारमा अवरूद्ध हुँदा त्यो राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन।

मुग्लिन–नारायणगढ सडक अहिले सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

मनसुन र भारी वर्षाका कारण विभिन्न स्थानहरूमा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको बताइएकाे छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८० असार २०

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP