२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

विश्वविद्यालयमा दलको झोला बोकेर छिर्न रोक लगाउनु पर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व विद्यालयलाई राजनीतिक भागबन्डाबाट टाढा राख्नुपर्ने बताएका छन्।

गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने बताएका हुन्।

राजनीतिक दलहरूले भागबन्डाकै कारणले विश्वविद्यालयको स्तर खस्केको उल्लेख गर्दै ऐन बनाएर अघि बढ्न आग्रह गरे। उनले प्रधानमन्त्रीलाई निर्णायक भूमिका खेल्न आग्रह गरे।

उनले प्रधानमन्त्री प्रचण्डले चालेको भ्रष्टाचारविरुद्धको अभियान सबैको साथ भएको उनको भनाइ छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० असार १८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP