२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

गन्यापधुरा गाउँपालिकाका विपन्न परिवारलाई आइ.डि.एस.को राहात

योगेन्द्र बलायर

डडेलधुरा- गन्यापधुरा गाउँपालिकाका विपन्न तथा मजदुर परिवारलाई आइ.डि.एस. डडेल्धुराले राहत वितरण गरेको छ । आइ.डि.एस.ले कोभिड १९ कोरोना भाइरसका कारण सरकारले गरेकोे लकडाउनले गर्दा समस्यामा परेका विपन्न तथा मजदुर परिवारलाइ शुक्रवार राहत वितरण गरेको हो ।

थिन चर्च एड र एफ.पि.ए.को आर्थिक सहयोग र गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका २ सय ५० जना विपन्न परिवारलाइ रहात समग्री वितरण गरिएको आइ डि एस डडेलधुराकी कार्यकारी निर्देशक पदमा गुरुङले बताइन ।

विपन्न तथा मजदुरलाई प्रति परिवार ३० किलो चामल, दुई किलो दाल, दुई लिटर खाने तेल, दुई किलो नुन र दुई किलो चिनि वितरण गरेको छ । साथै गन्यापधुरा गाउपालिकाका सुनौला हजार दिनका पचास जना महिलालाइ एक क्रेट अण्डा, दुई किलो चना र दुई किलो अरहरको दाल गाउँपालिका अध्यक्ष नवल वहादुर मल्ल मार्फत हस्तान्तरण गराइएको कार्यकारी निर्देशक गुरुङले बताइन् ।

आइ डि एस डडल्धुराले यस भन्दा पहिले पहिलो चरणमा डडेलधुराका सात वटै गाउँपालिका मार्फत हात धुने सावुन विरण गरेको थियो भने तीन स्थानियतह आलिताल गाउँपालिका, परशुराम नगरपालिका र गन्यापधुरा गाउँपालिकामा स्थापना गरिएका क्वारेनटाइलाई क्वारेनटाइन सामग्री सहयोग गरेको उनले निर्देशक गुरुङले बताइन ।

सोही संस्थाले डोटीको जोरायल गाउँपालिका र वड्डीकेदार गाउँपालिका मार्फत पनि हात धुने सावुन वितरण गरिएको संस्थाकी अध्यक्ष कमला विष्टले वताइन । गन्यापधुरा गाउँपालिकमा राहात विरण गर्नु पर्ने १ हजार ५ सय ८० घरपरिवार रहेका छन ।

आइ डि एसले वितरण गरेको राहतले गाउँपालिकालाइ ठुलो सहयोग पुगेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल वहादुर मल्लले वताए । अध्यक्ष मल्लले आइ डि एस बाट प्राप्त राहात सामग्री गाउँपालिकाले सवै वडा मार्फत वितरण गरिरहेको बताए ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ बैशाख १२

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP