२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

सांसद अपहरण गर्ने पराधिलाई उन्मुक्ति दिन मिल्दैन : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन ।’

यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान हुनुपर्ने र यसमा जो कोहीको संलग्नता रहेपनि इमान्दारीपूर्वक कानुनी कारबाही गर्ने कांग्रेसले विज्ञप्तिमार्फत अपिल गरेको छ।

चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य बनेको र यो घटनाले सरकारको नियत प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।

यही वैशाख ८ गते ल्याइएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुवै अध्यादेश शुक्रबारको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दुवै अध्यादेश खारेज गरिसकेकी छिन् ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ बैशाख १२

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP