२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

महामन्त्री भट्टराईको नेतृत्वमा नेविसंघको प्रदशर्न

काठमाडौं- सरकारले ल्याएका अध्यादेशविरुद्ध काठमाडौंको गोंगबुमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । बन्दाबन्दीका बीच नेवि संघले महामन्त्री दीपक भट्टराईको नेतृत्वमा काठमाण्डौंका विभिन्न ठाउँहरुमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले अध्यादेश फिर्ता लिनुपर्ने लगायतका नारा लगाएका थिए ।

महामन्त्री भट्टराईले सरकारबाट संवैधानिक लोकतन्त्र माथी हमालाको प्रयास गरेको र कोरोना भाइरसको महामारीका वेला उग्र राजनीतिक खेल खेलेकोले यसको बिरोधमा प्रदर्शन गरेको बताए । सरकारका गतिविधि यस्तै कायम रहे लकडाउनको कुनै वास्ता नगरि अधिनायकबाटो बाट मुलुकलाई लोकतान्त्रिक बाटोमा ल्याउँन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए ।

प्रदर्शनमा सहभागी नवि संघ डोटीका पुर्व अध्यक्ष सोपन सिंह बोहराले लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लकडाउनमा समेत विरोधमा उत्रनु परेको बताए । उनले अहिले सरकारको ध्यान जनताको जिवन रक्षामा केन्द्रित हुनुपर्नेमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप समेत लगाए ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ बैशाख १२

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP