डोटी- प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले धनगढी, डडेल्धुरा लगायतका जिल्लाहरुमा प्रदर्शन गरेको छ । नेवि संघले लकडाउनका बीच सरकारले ल्याएको अध्यादेशको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।
धनगढस्थित प्रदेश सभाको भवन अगाडि केहीबेर प्रदर्शन गरिएको छ भने डडेल्धुस्थित जिल्ला सदरमुकामको तुफानडाडामा प्रदर्शन गरिएको छ । बिहीबार नेवि संघले देशभर प्रदर्शन गर्ने जनाएको थियो ।
नेवि संघले सुदूरपश्चिम लगायत अन्य प्रदेशहरुमा पनि प्रदर्शन गरिएको छ । लोकतन्त्रलाई अप्ठ्यारोमा पार्ने गरी ल्याइएको अध्यादेशको विरोधमा प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघ कैलाली क्षेत्र नम्वर ५ का सभापति गजेन्द्र बिक्रम शाहीले बताए । अहिले सरकारको ध्यान जनताको जिवन रक्षामा केन्द्रित हुनुपर्नेमा सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप पनि नेविसंघले लगाएको छ ।
डडेल्धुरा नेवि संघले विवादस्पद अध्यादेश फिर्ता गर्नुपर्ने, जनताको जीवन रक्षामा केन्द्रीत हुनुपर्नेलगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेको छ । नेविसंघका केन्द्रीय सदस्य विनय लामाको नेतृत्वमा सामाजिक दुरी कायम गरी प्रदर्शन गरिएको हो ।
लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लकडाउनमा समेत विरोधमा उत्रनु परेको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियू सभापति तथा नेविसंघ सदस्य जगत ऐरले बताए ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...