२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

पत्रकार महासंघ डोटीद्वार राहत, स्वास्थ्य सामग्री र स्वास्थ्य जाँचको प्रबन्ध मिलाउँन माग

डोटीः पत्रकार महासंघ डोटीले जिल्लामा कार्यरत श्रमजीवी पत्रकारहरुका लागि राहत, स्वास्थ्य सुरक्षा सामग्री र कोरोना संक्रमण जाँचको प्रवन्ध मिलाउँन माग गरेको छ । महासंघले बिहीबार प्रेस वक्तव्य जारी गर्दै जिल्लामा क्रियाशिल श्रमजीवी पत्रकारहरुका लागि उक्त व्यवस्था गर्न प्रदेश सरकार, स्थानिय सरकार लगायत सम्बन्धित निकाय संग माग गरेको हो ।

पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरद्वारा हस्ताक्षर गरिएको प्रस वक्तव्यमा कोभिड १९ कोरोना भाइरसबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण डोटीका सञ्चारकर्मी र सञ्चारमाध्यममा प्रतक्ष प्रभाव परेको उल्लेख छ । वक्तव्यमा लकडाउनका कारण डोटी जिल्लाबाट प्रकासित पत्रपत्रीका बन्द गर्नु परेको र रेडियोको प्रसारण समय समेत घटाउँनु पर्ने अवस्था सृजना भएको जनाइएको छ ।

त्यस्तै जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई तलब दिन धौ–धौ परेको, घरभाडा तिर्न नसकिएको र रासनको जोहो गर्न समेत अफ्ठेरो परेकोले पत्रकारलाई पनि राहतको व्यवस्था गर्न अनुरोध गरिएको छ । साथै पत्रकारहरु सुचना संकलनका लागि विभिन्न ठाउँमा खटिनु पर्ने भएकाले स्वास्थ्य सुरक्षा सामग्रीको समेत व्यवस्था गर्न अनुरोध गरिएको छ । जोखिम मोलेर समाचार संकलनमा आवद्ध पत्रकारहरुको स्वास्थ्य जाँच प्रवन्ध मिलाउँन समेत माग गरिएको छ ।

वक्तव्यमा मुलुक संकटमा रहेका बेला नेपाली संचारकर्मीहरु प्रताडित हुनुपर्ने अवस्था आइलाग्ने गरेको उल्लेख गर्दै जोखिम मोलेर सूचना तथा समाचारका माध्यमबाट आम जनतालाई सचेत र सु–सूचित गर्नमा लागिपरेका सञ्चारकर्मी माथी सामाजिक सञ्जालहरु मार्फत अपाच्य भाषा र शैलीमा भईरहेका क्रियाकलापप्रति डोटी शाखाको गम्भीर ध्यानाकर्षण भएको उललेख छ ।

वक्तव्यमा भनिएको छ,‘विषम परिस्थितिका बेला सञ्चारकर्मी र सञ्चारमाध्यम मार्फत आम जनमानसको गुनासो सम्बन्धित निकाय सम्म पु¥याउनु पर्ने बढी अपेक्षा हुनु स्वभाविक हो, तर विडम्वना जुन शैलीका साथ सामाजिक सञ्जालमार्फत गरिएका अभद्र व्यवहार दुःखद र खेदजन्य छन् साथै अव उप्रान्त यी र यस्ता अमर्यादित भाषाशैली प्रयोग गरि आम जनमानसमा नराम्रो प्रभाव पार्ने कामकाजमा संलग्न जो कोहीलाई पनि कानुनी कठघरामा उभ्याउन नेपाल पत्रकार महासंघ डोटी शाखा अगाडी बढ्ने जानकारी सहित सचेत गराउन चाहन्छौं ।’

प्रेस वक्तव्यको पूर्ण पाठ

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ बैशाख ११

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP