आज वैशाख ११ गते, १४ औँ लोकतन्त्र दिवस । २०६२/६३ सालको ऐतिहासिक लोकतान्त्रिक आन्दोलन सफल भएको १४ वर्ष पूरा भएको छ ।
२०६२ सालको चैत २६ गतेबाट सुरु भई १९ दिनपछि अर्थात् २०६३ साल वैशाख ११ गते आन्दोलनले सफलता प्राप्त गरेको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि तत्कालीन सात दलले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग बोकेर सडकमा ओर्लिएका थिए ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको अडानले बैशाख ११ गते पूर्णरुप पाएको थियो ।
जनताको हातमा आफूले लिएका सबै शक्ति र सत्ता फर्काउन राजा ज्ञानेन्द्र सहमत भएपछि आन्दोलन टुंगिएको थियो ।
२०६२/६३ मा भएको जनआन्दोलनमा २५ जना नेपाली सपूतले जीवन बलिदान दिए भने थुप्रै घाइते भए ।
राजा ज्ञानेन्द्रले मुलुकमा निरंकुश शासन लादेपछि विपरीत ध्रुवमा मुख फर्काएर बसेका संसद्वादी सात राजनीतिक दल र माओवादी दिल्ली सम्झौतापछि एउटै विन्दुमा उभिएर लोकतान्त्रिक आन्दोलन सुरु भएको थियो ।
दिल्लीमा सात दल र माओवादीबीच निरंकुश राजतन्त्र अन्त्य गरी लोकतन्त्र स्थापना गर्न १२ बुँदे समझदारी भएपछि अगाडि बढेको शान्तिपूर्ण आन्दोलनमार्फत् नेपालीले लोकतन्त्र प्राप्त गरेका हुन् ।
यसक्रममा २०६४ सालको पहिलो संविधानसभाको बैठकले २०६५ साल जेठ १५ गते मुलुकबाट अढाई सय वर्षको इतिहास बोकेको राजतन्त्र सदाका लागि अन्त्य गर्यो ।
पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ ।
वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ ।
कोरोना भाइरसबाट बच्न जारी लकडाउनका कारण भने औपचारिक कार्यक्रम नहुने भएको छ ।
दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...