२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

बैतडी – धौलाडीस्थित सडकको भिरालो जमिनमा बालुवा खन्ने क्रममा ढिस्कोमा पुरिँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

ढिस्कोले पुरिएर घाइते भएका सिगास गाउँपालिका–२ धौलाडी ६२ वर्षीय सालिभानसिंह धामीको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको छ ।

उक्त घटनामा सिगास–२ धौलाडीकी ३३ वर्षीया राजमती भाटको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बालुवाको ढिस्कोमा पुरिँदा ४२ वर्षीय सङ्ग्रामसिंह धामी घाइते भएका छन् ।

उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । सँगै बालुवा खन्न गएका नरेन्द्र धामी र मनोज धामी भने सकुशल छन् ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७९ चैत्र २९

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP