२०८१ बैशाख २४, सोमबार
May 6, 2024, Monday

बजेट व्यवस्थापन तथा कार्यान्वयनमा बैतडीका स्थानीयतहको मनोमानी

बैतडी – बैतडीका स्थानीय तहहरुले बजेट व्यवस्थापन तथा कार्यान्वयन गर्दा मनोमानी गरेको पाइएको छ ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनले तयार पारेको रिपोर्टमा स्थानीयतहहरुले मनोमानी ढंगबाट बजेट कार्यान्वयन गरेको पाइएको हो । वित्तीय व्यवस्थापन तथा कार्यान्वयनमा पञ्चेश्वर र पाटनले बढी लापरवाही गरेको पाइएको छ ।

पञ्चेश्वर गाउँपालिकाले सयमा २७ अंक मात्रै प्राप्त गरेको छ भने पाटनले ३२ अंक मात्रै पाएको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता व्यवस्थापन, लेखाङ्कन तथा प्रतिबेदन, अनुगमन, मुल्याङ्कन तथा लेखा परीक्षण र राजश्व व्यवस्थपान गरी १० ओटा बिषयक्षेत्रमा गरिएको मुल्याङ्कनमा बैतडीको हकमा डिलासैनी र सिगास गाउँपालिकाको कार्यसम्पादन सन्तोशजनक देखिएको छ ।

डिलासैनी र सिगास गाउँपालिकाले समान ६५ अंक प्राप्त गरेका छन । यस्तै पुर्चौडी नगरपालिका ६२, शिवनाथ गाउँपालिका र दोगडाकेदारले ५८.५ अंक प्राप्त गरेका छन् । सुर्नया गाउँपालिकाले ५६.५, दशरथचन्द नगरपालिका ४७.५, मेलौली नगरपालिकाले ४६, पाटन नगरपालिकाले ३२ अंक मात्रै प्राप्त गरेको छ भने पञ्चेश्वर गाउँपालिकाले २७.५ अंक मात्रै प्राप्त गरेको हो । पाटन नगरपालिका र मेलौलीमा आर्थिक कार्यान्वयन तथा व्यवस्थापनको पाटो बलियो नरहेको देखिएको छ ।

प्रक्रिया पु¥याएर खर्च भए नभएको बारे गरिएको मुल्याङ्कनका आधारमा मन्त्रालयले मुल्याङ्कन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीले जनाएको छ । समान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याकंन कार्यविधि २०७७’ जारी गरेको छ । सोही अनुसार स्थानीय तहमा भइरहेको वित्तीय व्यवस्थापन तथा जोखिमका बारेमा मल्याङ्कन गर्दै आएको छ ।

Related News

एमालेले विश्वासको मत दिन आनाकानी गरेपछि प्रदेशसभा बैठक पुनः स्थगित
एमालेले विश्वासको मत दिन आनाकानी गरेपछि प्रदेशसभा बैठक पुनः स्थगित
  • २०७९ चैत्र २८

कैलाली- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडरीले विश्वासको मत लिने कार्यक्रम...

TOP