डोटी : प्रेस संगठन नेपाल, डोटी शाखाले सञ्चार गृहलाई मास्क र सेनेटाइजर वितरण गरेको छ । संगठनले मंगलबार डोटीबाट सञ्चालित मिडिया हाउसलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेको अवस्थामा जनतालाइ सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मिलाई कुनै पनि निकायबाट सहयोग नभएकाले संगठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्ण चन्दले बताए ।
संगठनले संकटमा सधै अग्रपन्तीमा रहेर काम गर्ने मिडियाकर्मीहरू लाई सुरक्षित रहेर काम गर्ने वातावरणको सृजना गर्न माग गरेको छ ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...