२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

सरकारको एकद्वार राहत प्रणाली नेकपा केन्द्रित : नेता महर

शिस, डेस्क

नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले सरकारले लागु गरेको एकद्वार राहत प्रणाली नेकपा केन्द्रित भएको बताए । शिखर समाचार संगको कुराकानिमा नेता महरले कोरोना भाइरसको संकटका बेला एक द्वारप्रणालीका नाममा नेकपा र सरकार निकट व्यक्तीहरु मात्रै राहतको प्राथमिकतामा परेको भन्दैं आपत्ती जनाएका हुन् ।

नेता महरले एक द्वार प्रणालीका नाममा सरकारले नेकपा र सरकारी मानिसलाई मात्र राहत वितरण गर्न दिएको गुनासो गरे । उनले भने,‘सरकारले नेकपा निकटका संगठन, नेता मन्त्रीहरुलाई प्रचारका लागि, फोटो खिचाउँन, आफ्ना कार्यकर्ता छानी–छानी सरकारी ढुकुटीबाटै राहत वितरण गर्न लगाएको छ । राहत पाउँनका लागि पनि नेकपा कै कार्यकर्ता हुनुपर्ने अवस्था छ । जसले वास्तविक सहयोग गर्न खोजेको छ । आफ्नो व्यक्तिगत पहलमा राहत वितरण गरेर समस्या समाधान गर्न खोजिरहेका छन् उनिहरुलाई राहत विरणमा समेत रोक लगाइएको छ । सरकारको यस्तै नियत हो भने लकडाउन तोडेर संघर्षमा आउनै पर्ला जस्तो छ ।’

कोरोनाका भाइरस (कोभिड १९) कारण विश्व नै आतंकित भैरहेका वेला, यस्तो महामारीको त्रासका विच सरकारले भ्रष्टाचार, राहतमा राजनीति, पक्षपात, कार्यकर्ता पोत्न आयोग गठन, न्यायालय, प्रशासनमा हस्तक्षप गर्ने जस्ता कार्य गरिहेको आरोप लागाए । उनले सरकार नागरिक प्रति गैर जिम्मेबार भएको बताउँदै प्रवास तथा स्वदेशमा अलपत्र परेका, अफ्ठेरो परेका जनतालाई न आफुले सहयोग गरेको न अरुलाई गर्न दिएको बताए ।

नेता महरले अध्ययनको सिलसिलामा घर बाहिर डेरा गरी बसेका लाखौं विद्यार्थीहरु लकडाउनका कारण मारमा परेको बताए । उनले विचल्लीमा परेका विद्यार्थीहरुले सरकारी राहत समान रुपमा नपाएको बताउँदै सरकारलाई यस विषयमा गम्भिर हुन आग्रह गरे ।

सरकारी राहत पाउँनका लागि सोही ठाउँको स्थानिय बासी, सोही ठाउँको भोटर, नेकपाको कार्यकर्ता नै हुनुपर्ने गलत प्राबधानले बास्तिविक समस्यामा परेका नागरिक, मजदुर तथा विद्यार्थीहरु भोक–भोकै बस्नुपर्ने बाध्यता रहेको नेता महरले बताए । उनले सरकारले विद्यार्थीको परिचय पत्रका आधारमा, जहाँ सुकैको नागरिक भएपनि, डेरागरी बसेको ठाउँमा सहज रुपमा राहत पाउने प्रबन्ध मिलाउनु पर्ने बताउँदै संकटको घडीमा सरकारको जिम्मेवार अभिभावकत्व आवश्यक रहेको बताए ।

महरले प्रधानमन्त्रीको बेला–बेला आउँने गैरजिम्मेबारी पूर्ण अभिव्यक्तिले जनतामा झनै नैरास्यता छाएको बताउँदै सरकारलाई संकटको व्यला हास्यास्पद व्यवहार प्रदर्शन नगर्न समेत सुझाब दिए ।

Related News

अछाममा भीम रावल पराजित,  २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
अछाममा भीम रावल पराजित, २६ वर्ष पछि अछाम -१ मा कांग्रेसको जीत
  • २०७७ बैशाख ८

अछाम- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम क्षेत्र नम्वर १...

TOP