२०८३ श्रावण ६, बुधबार
July 22, 2026, Wednesday

डोटी जीप दुर्घटना अपडेट : चार जना घाइते, दुई गम्भीर (विवरण सहित)



दिपायल – डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका – ६ सिलगढी स्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार दिपायलबाट जिल्ला सदरमुकाम सिलगढी जाँदै गरेको शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको सुपप्र ०१ ००११२५९ नम्बरको जीप र सुपप्र ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

मगंलबार बिहान ११ बजे भएको उक्त  दुर्घटनामा दिपायल सिलगढी नगरपालिका – ७ की २९ वर्षीया टंक कुमारी उपाध्याय, ६५ वर्षीया धौली देवी विष्ट र सोही ठाउँकी दुर्गा देवी विष्ट घाइते भएका हुन् । त्यस्तै मोटरसाइकल चालक दिपायल सिलगढी नगरपालिका – ६ का विष्णु बोहरा पनि घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले बताए ।

Related News

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस
बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस
  • २०७९ फाल्गुन ३०

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस बझाङ –...

TOP