२०८३ श्रावण ६, बुधबार
July 22, 2026, Wednesday

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस

बझाङ – सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार स्थानीय मापनअनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्र रहेको थियो।

भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित निकायले जनाएको छ। क्षतिको अवस्था बुझ्न स्थानीय प्रशासन तथा सम्बन्धित निकायले आवश्यक जानकारी संकलन गरिरहेका छन्।

भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयवासीले बताएका छन्।

नेपाल भूकम्पीय दृष्टिले संवेदनशील मुलुक भएकाले साना तथा मध्यम खालका भूकम्पहरू बेलाबेला भइरहने गरेका छन्। विज्ञहरूले भूकम्पपछि अनावश्यक हल्लाको पछि नलाग्न तथा आधिकारिक निकायबाट आउने सूचना मात्रै विश्वास गर्न आग्रह गरेका छन्।

Related News

बीपी स्मृति दिवसको अवसरमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष स्थापना गर्ने
बीपी स्मृति दिवसको अवसरमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष स्थापना गर्ने
  • २०८३ श्रावण ६

बीपी स्मृति दिवसको अवसरमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु सचेतनासँगै मानवीय...

TOP