२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

कोरोना प्रभाव : त्रिबेणी एफ.एम.ले प्रसारण समय घटायो

टेक चन्द, डोटी

त्रिबेणी मिडिया नेटवर्क डोटीद्धारा संचालित त्रिबेणी एफ.एम. ९४.४ मेगाहर्ज डोटीले भोलीबाट लागु हुनेगरी प्रसारण समय घटाएको छ । कोरोना भाइरस (कोभिड १९)का कारण भएको लकडाउनका कारण कर्मचारी व्यवस्थापनमा समस्या भएको भन्दै प्रसारण समय घटाएको हो ।

यो भन्दा पहिला दैनिक १८ घण्टा प्रसारण भैरहेको त्रिवेणी एफ. एम.ले सोमबार देखी लागुहुने गरी आफ्नो प्रसारण समय घटाएर १५ घण्टा मात्रै प्रसारण गर्ने निर्णय भएको छ । बिहान ५ बजे देखि राती ११ बजे सम्म प्रसारण हुने रेडियो सोमबारबाट बिहान ६ बजे देखी राती सवा ९ बजेसम्ममात्रै प्रसारण गरिने रेडियोका स्टेशन म्यानेजर कर्ण चन्दले शिखर समाचारलाई जानकारी दिए ।

विश्वभर फैलिरहेको नोभेल कोरोना भाईरस कोभिड÷१९को समयमा मनोरञ्जनात्मक कार्यक्रमको प्रशारणको समय घटाएको जनाएको छ । आइतबार बसेको रेडियो ब्यबस्थापन समितिको बैठकले प्राबिधिक र समाचार बाहेकका अन्य कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । समाचार मूलक बाहेक अन्य कार्यक्रम प्रभाबित हुनेभएछी कर्मचारीको बिदा गर्ने निर्णय गरेको व्यबस्थापक टिमले जनाएकोे छ ।

लगडाउनका कारण सुदूरपश्चिममा रहेका सामुदायिक रेडियोको आर्थिक स्थिती खस्कदै गएका कारण पनि रेडियो प्रशारणको समय घटाउन पर्ने अबस्था आएको सामुदायिक रेडियो प्रसारक संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दिर्घराज उपाध्यायले जानकारी दिनु भएको छ । अकोराबको आयोजनामा आइतबार गरिएको भिडियो कन्फ्रेन्समा रेडियोका अध्यक्ष तथा स्टेशन म्यानेजरहरुले रेडियो प्रशारणको समय घटाउनु पर्ने स्थिती सृजना भएको बताएका छन् ।

संकटको यस स्थितीमा सरकारको संचार माध्यम तथा संचारकर्मीलाई आबश्यक सहयोग नभएका कारण प्रशारण हुन नसक्ने अबस्था रहेको रेडियो संचालकहरुको निश्कर्ष रहेको छ ।

पहिलो चरणमा त्रिबेणी एफ.एम., पश्चिम टुडे लगायतका सुदूरपश्चिमका सामुदायिक रेडियोहरुले दैनिक ३ घण्टा समय घटाउने निर्णय गरेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ । संघका अनुसार थप समस्या आइपरे, सरकारबाट कुनै सहयोग नभए प्रसारण समय अझै घटाइने छ ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७७ बैशाख ७

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP