२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

बालिका बलात्कारको आरोपमा कञ्चनपुरका ६८ वर्षीय बृद्ध पक्राउ

कञ्चनपुर-  कञ्चनपुरमा एक किशोरीमाथि बलात्कारको आरोपमा एक बृद्ध पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय तारादत्त ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

उनले १५ वर्षीया बालिका घरमा आएको मौका छोपेर बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएको थियो। परिवारका सदस्य सबै गहुँ काट्न गएको मौका छोपी बृद्धले बालिकाको मुख थुनेर बलात्कार गरेको पीडित पक्षको आरोप छ। 

ओझा बिरुद्ध जबरजस्ती करणीको आरोपमा परेको किटानी जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र पौडेलले  बताए।

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ बैशाख ७

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP