२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

नेपालमा कोरोना निर्मूल नभएसम्म लकडाउन हुन्छ : प्रधानमन्त्री

काठमाण्डौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म बन्दाबन्दी (लकडाउन) अन्त्य नहुने बताएका छन्। काठमाडौंबाट हिडेका मानिसहरुलाई जुन ठाउँमा पुगेका छन्, त्यही ठाउँमा खाने–बस्ने व्यवस्था मिलाइएको दाबी पनि प्रधानमन्त्री ओलीले छन्।

भारतमा संक्रमणको स्थिति नहेरी सीमा खोल्न नसकिने प्रधानमन्त्रीले स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र र राससका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर अन्तर्वार्ता दिनुका साथै निर्देशन पनि दिएको बताइएको छ।

प्रधानमन्त्रीसँगको भेटमा सहभागी एक पत्रकारका अनुसार प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमण फैलन नदिन लकडाउन प्रभावकारी विधि भएकाले कोरोना संक्रमण अन्त्यको सुनिश्चिततापछि मात्र यो अन्त्य गरिने बताएका छन्।

सरकारले समयमै लकडाउन, सीमा बन्द र नागरिकमा जनचेतनालगायत विधि अपनाई काम गरेकाले संक्रमण फैलिन नपाएको उनले बताएका छन्।

लकडाउनका कारण यस वर्ष मुलुकको अर्थतन्त्रमा नराम्रो असर परे पनि अर्को वर्ष सुधार गर्न सकिने उनले बताएका छन्। प्रधानमन्त्री ओलीले अहिले नागरिकको जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा नराखिने स्पष्ट पारेका छन्। ओलीले लकडाउनलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोड्न नहुने पनि बताए।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ बैशाख ७

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP