२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

बाटोमा पैसा फाल्दै भाग्ने दुवै महिलाको र्‍यापिड टेष्ट ‘पोजेटिभ’

जनकपुरधाममा नोट छरेर भाग्ने दुई महिलाको कोरोना परीक्षण गर्दा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी)मा पोजेटिभ देखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो । दुवै जनाको पीसीआर रिपोर्ट भने आउन बाँकी छ ।

उनीहरूले शुक्रबार जनकपुरधाम उपमहानगरपालिका- ६ स्थित महावीर चोकस्थित सडकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि यो क्षेत्रमा त्रास बढेको थियो ।

पैसा छरेर फरार नन्द-भाउजू नाता पर्ने धनौजी गाउँपालिका – ५ की ५० वर्षीय अमना खातुन र जनकपुरधाम उपमहानगरपालिका वडा- ७ की अलिना खातुन रहेकी छन् । जानकीनगरस्थित मदरसा छेउबाट पक्राउ दुवैजनासँग सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख ६

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP