२०८३ श्रावण ६, बुधबार
July 22, 2026, Wednesday

डोटीमा लागुऔषध नियन्त्रणको सन्देशसहित शिवरात्रि मनाइने


दिपायल – ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजपुर डोटीले लागुऔषध नियन्त्रणको सन्देशसहित महाशिवरात्रि पर्व मनाउने भएको छ । विश्वविद्यालयले फाल्गुन ५ र ६ गते विविध कार्यक्रमसहित शिवरात्रि पर्व मनाउने जनाएको छ ।

महाशिवरात्रि पर्व अन्तरगत ५ गते विश्वविद्यालयमा औपचारीक कार्यक्रम आयोजना गरिने छ । विश्वविद्यालयकी प्रमुख सञ्चालिका जानकी दिदीका अनुसार सो दिन लागुऔषध दुव्र्यसनी र महाशिवरात्रिको महत्वको बारेमा कक्षा संचालन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । त्यस्तै, ६ गते डोटीबाट रथयात्रा सहित अछामको वैजनाथ हुदै बाजुराको बजार परिक्रमा गरेर औपचारीक कार्यक्रमको आयोजना गरिने छ । त्यस्तैै ७ गते पनि जनचेतनामुलक विविध कार्यक्रम गरिने छ ।

“शिवरात्रिको अवसरमा सरकारले बन्देज लगाएका लागुऔषध लगायत मदिरा सेवन गर्ने प्रचलन बढ्दो छ,“ विश्वविद्यालयकी प्रमुख सञ्चालिकाले भनिन्,“ लागुऔषध प्रयोग गर्ने पछिल्लो पुस्ताका बालबालिका युवाहरु बढी छन् ।जसका कारणले मानवको स्वास्थ्य र सामाजमा नराम्रो असर पर्ने गरेको छ । शिवरात्रिमा यस्ता प्रर्दाथहरु सेवन गर्ने होइन बरु पबित्र दिनको अवसरमा त्याग्ने हो । यसै अवसरमा लागुऔषध सेवनलाई धार्मिक आस्थासँग जोडिनु हुन्न भन्ने सन्देश समेत दिने छौं ।

Related News

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस
बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस
  • २०७९ फाल्गुन २

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस बझाङ –...

TOP