
“नआएइ माघका मैना, मेरा आउन्या कोइन
बुढी इजु पराइ भाइबैना, त्यार ल्याउन्या छैन”
दिपायल- विवाह गरेर गएकी चेली (छोरी)ले माघ महिना लाग्नु अघि ठाडीभाकामा गाएको डेउडा गीत हो यो । गीत कस्ले सृजना ग¥यो र गायो भन्ने एकिन हुन नसके पनि विवाह गरेर गएका अधिकांश चेलीहरुले माग महिना आउनु भन्दा पहिला यो गीत गाउने गर्नुहुन्छ । यो गीत सुदूरपश्चिम र कर्णाली प्रदेशका चेलीहरु र माइतीहरुसँग जोडिएको छ ।
गीतमा भनिएको छ,“माघको महिना कहिले पनि नआओस्, किनकि मेरो माइती घरमा चेली त्यार (विवाहित छोरीलाई दिइने कोसेली) ल्याउने कोही छैन । बुवा हुनुहुन्न, इजु (आमा) बुढी हुनुहुन्छ । दाजुभाइ परदेशमा छन्, बहिनी विवाह गरेर अरुको घर गैसकेको छ ।”
सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा माघ महिनामा छोरीचेलीहरुलाई कोसेली पु¥याउने चलन छ । माघ महिनालाई यहाँ धार्मिक महिनाका रुपमा लिइन्छ । माघ महिनाको एक पटक विवाहित छोरीलाई चेली त्यार (तेरमाडो) दिनै पर्ने प्रचलन रहेको छ । जसलाई माघी त्यार, चेली त्यार अर्थात तेरमाडो भनिन्छ । त्यार भन्नाले तिहार वा पर्व हो । घरको सदस्यको निधन भएको वर्ष बाहेक अन्य वर्षमा चेली त्यार (तेरमाडो) पु¥याउने चलन रहेको दिपायल सिलगढी नगरपालिका– ५ का दल बहादुर भण्डारीले बताउनु भयो । यो हाम्रो परम्परादेखि चल्दै आएको प्रचलन हो,“ हामीले हाम्रा घरमा जन्म भएका फुपु, दिदीबहिनी र चेलीहरुलाई माघको महिना जसरी भए पनि त्यार (तेरमाडो) दिनै पर्ने हुन्छ । उनीहरु पनि माइतीको बाटो कुरेर बसेका हुन्छन्, उहाँले भन्नु भयो ।”
माइतीले सकभर छोरीचेलीहरुको घरमै गएर त्यार (कासेली ) दिने गरेको पाइन्छ । माइतीबाट जाने मान्छे कोही नभएको अवस्थामा माइती घरमा बोलाएर कोसेली सहित पु¥याउने गरिन्छ । पुरानो चलन अनुसार छाप्रो (बाँस, निगालोले बुनिएको भाँडा) डोको भरेर त्यार (कोसेली) दिने गरिन्छ । कोसेलीमा तेलमा पकाएका स्थानीय परिकारहरु माडा, बाबर, सेल, पुरी, ढुप्का आदी दिइन्छ । एउटै गाउँमा छोरीचेली भएका माइतीहरु सल्लाह गरेर एकै दिन त्यार (कोसेली ) लगेर लस्करै जान्छन् । माइतीबाट प्राप्त भएको त्यार (कोसेली) चेलीहरुले छरछिमेक गाउँभरी बाँड्ने गर्नु हुन्छ । माइती घरमा कोही नभएका चेलीहरु माघ महिनामा दुःखि हुँदै माथि उल्लेखित गीत गाउँने र पीडा भुल्ने कोसिस गर्नु हुन्छ । सुदूरपश्चिममा अहिले ‘चेली त्यार’ को चहलपहल निकै बढेको छ । माघ महिनाभरी सुदूरपश्चिममा जताततै कोसेली बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू प्रशस्तै भेटिने गरेका छन् ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा. टीएन जोशीले चेली त्यार डोटेली संस्कृतिको अभिन्न अंग भएको बताउनु भयो । “यसको बारेमा कुनै पौराणिक धर्म संस्कृतिमा उल्लेख नगरिए पनि यो संस्कृति भारतको कुमाउ गडुवालबाट आएका समुदायसँगै चल्तिमा आएको हो । यो छोरीचेलीहरुसँगको सम्बन्ध प्रगाढ बनाउने एकदमै राम्रो संस्कृति हो । डोटेली संस्कृतिको अभिन्न अंग भएका कारण यसलाई पुस्तान्तरण गर्दै लग्न आवश्यक छ ।,उहाँले भन्नु भयो ।”
डोकोमा बोकेर ‘चेली त्यार’ पु¥याउन जाने प्रचलन भए पनि पछिल्लो समय झोलामा बोकेर लग्ने गरिन्छ । योसँगै स्थानीय परिकारको सट्टामा फलफुल तथा बजारमा पाइने खानेकुरा लगेर जाने प्रचलन पनि बढेको छ ।
माघ महिनामा दिइने चेली त्यारले माइती र चेलीहरु बीचको सम्बन्ध प्रगाढ बनाउने र सम्बन्ध सुधार हुने साहित्यकार भक्त बहादुर बलायर बताउनु हुन्छ । उहाँका अनुसार छोरीचेलीहरुलाई त्यार दिने परापूर्वदेखिको प्रचलन कुमाउ गडुवाल, कर्णाली र सुदूरपश्चिममा अहिले पनि कायम छ । हिउँद सकिनै लाग्दा गर्मी बढ्दै जान्छ र गर्मीबढेसँगै रोगव्याध पनि बढ्दै जान्छ,“उहाँले भन्नु भयो,“पहिला झाडापखाला, दादुरा जस्ता महामारीले मानिसहरुको ज्यानै जान्थ्यो । ज्यानमा कहिले के हुनेको भन्ने पीरले पोलिरहन्थ्यो । त्यस्तो अप्रिय घटना हुनुभन्दा पहिला छोरीचेलीहरुलाई खुसी पार्ने, भेटघाट गर्ने, इष्टमित्रहरुसँगको सम्बन्ध मित्रता बढाउने, छोरीचेली र माइती बीचको रिसराग मेटाउने गरेर यो संस्कृति प्रचलनमा आएको हो ।” मानवता र सद्भावना जगाउने यो पर्वको संरक्षण र पुस्तान्तरण हुन आवश्यक छ, उहाँले थप्नु भयो ।
दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...