२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

कोइला बोक्ने गाडीले भारतबाट नेपाल मानिस ओसार्दै

धनगढीको त्रिनगर भन्सार भएर भारतबाट आउने कोइलाका गाडीहरुले मानिस ओर्सान थालेका छन् । भारतबाट भागेर नेपाल आउने नेपाली नागरीक र विभिन्न बाहनामा नेपाल आउने भारतीयमुलका नागरीकहरुबाट पैसा असुलेर नेपाल ल्याउन गरेको स्थानीयले फेला पारेपछि सो कुरा खुलेको हो ।

स्थानीयका अनुसार त्रिनगर भन्सार र सिमा सुरक्षको जिम्मेवारी पाएको शसस्त्र प्रहरीको प्रमुखको मिलेमतोमा दोश्रोमुलुक भारत बाट आउने कोइलाको गाडीमा सयौंको संख्यमा मानिसहरु नेपाल भित्रीने गरेका छन् ।स्थानीय हिरा गजुरेलले भने विहानै देखी कोइलाका गाडीहरु गैरीफन्टा नाकामा आएपनी राति मत्रै भन्सारमा आउछन । , रातिनै ति गाडीहरु गाएब हुन्छन् ।

अहिले कोइलाको आवश्यकता छैन् । गजुरेलले थपे ति गाडीमा अन्य तस्करी समेत हुने गरेको छ । हामीले बारम्बर भनेका भन्सार प्रमुख र प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका छौं । भन्सारका प्रमुख अब रोक्छु भन्नु हुन्छ फेरी ल्याइ हाल्नु हुन्छ । भारतबाट कोइलाका गाडीहरुले मानिसहरु ओर्सान थालेपछी नेपालीहरु त्रसित हुनु परेको छ ।

दैनिक सयौंको संख्यामा नेपाल भित्रीरहेका ति गाडीहरुले भारतीय र नेपाली नागरीकहरु ल्याउन थालेपछि कोरोनाको संक्रमणको जोखीमले भयावहरुपमा फैलिन भन्दै धनगढीका स्थानीयहरुले विरोध गरेका छन् । स्थानीय दिपक रावलले सरकारले अत्यावश्यक सेवाको नाममा कोरोनाको संक्रमण बढाउने गरी आएका मानिसलाई नेपालमा ल्याउन नहुने बताए । बुधबार मात्रै कोइलाका गाडीमा आएका ९ जना भारतीय नागरीकलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका थिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले गर्दा नेपाल सरकारले अत्यावश्यक बस्तु बाहेक भारत बाट नेपाल भित्रीने सम्पुर्ण बस्तुहरुको बन्देज गरेको थियो । नेपाल बैशाख २५ गते सम्म लकडाउनको अवस्थामा छ । अत्यावश्यक सेवा बाहेक नेपालका सबै सार्वजनिक सेवाहरु समेत बन्द । सरकारले भारत संगका सम्पुर्ण नाकाहरु सिल गरेको छ ।

यता सिमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीका डिएसपी भोला कौशवाले स्थानीयको आरोप गलत भएको बताएका छन् । उनले पुरै नाका शिल गरेको बताए । भारतको नाका बाट ड्राइभर बाहेक कोही पनी नआएको दावि गरे ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ बैशाख ४

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP