२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

सामूहिक बलात्कारको अभियोगमा पक्राउ परेका चार जनामाथि अनुसन्धान सुरु

कैलालीमा सामूहिक बलात्कारमा संलग्न भएको अभियोगमा पक्राउ परेकाहरुबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

धनगढीकी १७ वर्षीया किशोरीलाई कैलालीको गौरीगङ्गा नगरपालिका १ को खुरखुरीयामा सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका चार जनालाई अदालतबाट १५ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

गएको वैशाख २ गते आफन्तको घरबाट फर्किँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा गौरीगङ्गा नगरपालिका ४ का नरेश नेपाली, अर्जुन सावद, निर्मल चौधरी र नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै कैलालीकै भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका जोशीपुर गाउँपालिका ४ लालपुर बाणीका रामकुमार चौधरी, मङ्गल चौधरी र सुरेशकुमार चौधरीलाई १० दिन थुनामा राख्ने अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको पनि डीएसपी बस्नेतले जानकारी दिए ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०७७ बैशाख ४

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP