२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

सवारी पास सम्बन्धि गृहमन्त्रालयले जारी गरेको सूचना तत्काल सच्याउन पत्रकारको माग

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण देश २४ दिनदेखि लकडाउनमा रहेको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । 

कोरोनाको संक्रमणबाट असर पर्न सक्ने फ्रन्ट लाइनमै रहेर काम गर्ने मिडियाकर्मीको ज्यान पनि कम जोखिममा छैन । 

स्वास्थ्यकर्मीले सहजै पीपीए नपाएर खेप्नुपरेको जोखिम त छँदैछ त्यसमाथि मिडियाकर्मीले पनि फिल्डमै उत्रेर सुचना संकलन गरिरहेका छन् । 

यसबीचमा सहज सूचना संकलन गर्न गृहप्रशासन नै तगारो बनेको छ । गृहमन्त्रालयले सवारी साधन अनुमतिपत्र आवश्यक नपर्नेहरुमा संचारकर्मीलाई राखे पनि ती संचारकर्मीको पास भने प्रेस काउन्सिलबाट जारी भएको भनी उल्लेख गरेको छ । 

गृहमन्त्रालय मातहतकै सुरक्षाकर्मीले सूचना विभागको पास देखाउने पत्रकारहरुलाई दुःख दिइरहेको छ । 

स्पष्टै छ कि पत्रकारहरुको प्रेस पास सूचना विभागले निकाल्ने हो । प्रेस काउन्सिल नेपालले पास दिने होइन । 

यत्ति कुराको हेक्का नराखेको गृह मन्त्रालयले सही सूचना नदिँदा पत्रकारहरुलाई रोकेर प्रहरीले बाटोमा हैरान गर्न थालेको छ । 

गृहमन्त्रालयले निकालेको सूचनाको ५ नम्बर बुँदामा सवारी साधन अनुमतिपत्र आवश्यक नपर्ने अन्तर्गत घ बुँदामा ‘प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु’ उल्लेख रहेको छ । 

यसलाई आधार मानेर सडकमा सुरक्षाकर्मीले संचारकर्मीहरुलाई दुंख दिएको छ । प्रेस काउन्सिलकै पास खोजेको छ । 

सूचना निकाल्नेले गलत सूचना निकालेपछि पत्रकारले दुःख पाएका हुन् । 

प्रेस काउन्सिलले आचारसंहिताको अनुगमन, पत्रपत्रिकाको वर्गीकरण, अनलाइनको सूचिकरण लगायतका काम गरे पनि प्रेस पास भने सूचना विभागले जारी गर्दै आइरहेको छ । 

तत्काल सूचना सच्याउन माग 
प्रहरीले दुःख दिन थालेपछि मिडियाकर्मीहरुले विरोध जनाएका छन् । गृहमन्त्रालयको यो गलत सूचना सच्याउन नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले आग्रह गरेका छन् ।

उनले गृहमन्त्रालयको यो गल्तीका कारण संचारकर्मीले दुःख पाएको भन्दै तत्काल गल्ती सच्याएर पत्रकारलाई काम गर्ने वातावरण सहज गराउन माग गरेका छन् । 

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले पनि संचारकर्मीहरुलाई प्रहरीले दुःख दिएको गुनासो आएको भन्दै गृह मन्त्रालयले गरेको गल्तीबाट पत्रकारले दुःख पाउन नहुने भन्दै गल्ती सच्याएर तत्काल पत्रकारलाई सहज वातावरण बनाउन माग गरेका छन् । 

शिवाकोटीले यस्तो विषम परिस्थितिमा ज्यान जोखिममा पारेर पनि संचारकर्मीले आफ्नो भूमिका नभुलेको अवस्थामा गृह मन्त्रालयले गरेको गल्तीका कारण दुःख भोग्नु परेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । 

Related News

यी हुन् सहकारी ठगीमा फरार २९ जना
यी हुन् सहकारी ठगीमा फरार २९ जना
  • २०७७ बैशाख ४

काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...

TOP