२०८३ श्रावण ६, बुधबार
July 22, 2026, Wednesday

काेराेनाले बन्द पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्याे

काेराेना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएकाे पशुपतिनाथ मन्दिर आज शुक्रबारबाट खुलेकाे छ ।

काठमाडाैं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए । तर, दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिनेछ ।

५ माघदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो ।

सिसिएमसिसीकाे सिफारिसमा सरकारले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न दिने निर्णय गरिसकेकाे छ ।

Related News

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस
बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस
  • २०७८ माघ २८

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमका जिल्लामा धक्का महसुस बझाङ –...

TOP