२०८३ असार १४, आईतवार
June 28, 2026, Sunday

मूल्य वृद्धि साढे ५ प्रतिशतभन्दा धेरै, पुसमा घिउ–तेलको मूल्य २१ प्रतिशत महँगो

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलाे ६ महिनामा मूल्य वृद्धि ५ दशमलव ६५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएकाे छ । अघिल्लो वर्षको ६ महिनामा यस्तो मूल्य वृद्धि ३ दशमलव ५६ प्रतिशत रहेको थियो ।

६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ४ दशमलव २ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ६ दशमलव २३ प्रतिशत रहेको छ ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ तथा तेलमा २१ दशमलव २२ प्रतिशत, यातायातमा १४, मदिराजन्य पेय पदार्थमा ११ दशमलव ३७, सुर्तीजन्य वस्तुमा साढे १० र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि नौ दशमलव २२ प्रतिशत रहेको छ ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०७८ माघ २६

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP