
कैलाली – कैलालीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका – ४ की ५५ वर्षिया मनसरा जैशीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।
आईतबार साँझ करिब ५ बजे पुर्वबाट पश्चिमतर्फ जादै गरेको से ६ प ८७८६ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा गम्भीर घाईते भएकी उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
ट्राफिक कार्यालयका अनुसार ठक्कर दिने मोटरसाईकल र चालक सोही नगरपालिका वडा नं. १ बस्ने २४ वर्षिय राजन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महिलाको मृत्यु भएपछि पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । स्थानिय एवम् महिलाका आफन्तले क्षतिपुर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...