२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

बैतडीमा पुरेको अवस्था भेटिएका अवस्थीको शव आफन्तले बुझेनन्

बैतडी – बैतडीमा पुरेको अवस्था भेटिएका सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको शव आफन्तले बुझ्न मानेका छैनन् । आफन्तले हत्यामा संलग्न अन्यको पनि खोजी गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन ।

अहिले डम्मरको शव पोस्टमार्टमपछि जिल्ला अस्पातलमै राखिएको छ । हत्याका संलग्न आरोपमा मृतकका छिमेकी हरिश अवस्थीलाई पक्राउ गरिएको भएपनि मृतकका आफन्तहरूले घटनामा अन्य पनि संलग्न रहेको आशंका गर्दै सबै पक्राउ नपरेसम्म शव नउठाउने बताएका छन ।
डम्मर नेत्रविक्रम चन्द समूहका सदस्यसमेत हुन् । मंसिर १४ गते साँझ घरबाटै हराएका सूर्नया गाउँपालिका–६ खर्काधारका डम्मरको शव घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा बुधबार भेटिएको थियो ।
मृतकका दाजु तीर्थराज अवस्थीले भाइको हत्यामा अरू पनि मिलेको हुन सक्ने भन्दै सबैको खोजी गरी सजाय दिनुपर्ने बताए ।
नाताले भतिजा पर्ने हत्या आरोपित हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षकसमेत हुनु । हरिशले पुस २२ गते आफूलाई विप्लव समूहका कार्यकर्ताले अपहरण गरेर बाँके जिल्लाको एक गाउमा पु-याएको भन्दै फेसबुकमा स्टाटस राखेका थिए । लगत्तै प्रहरीले खोज्दा उनी भिजेको अवस्थामा फेला परेका थिए । उनले फेसबुकमा मृतक डम्मरका दाजु तीर्थराज र अर्का एक स्थानीय कार्यकर्ताले आफूलाई अपहरण गर्न लगाएको आरोप लगाएका थिए ।

प्रहरीमा सोधपुछका क्रममा ‘अपहरण’ झूटो भएको र आफूले डम्मरको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । मंसिर १४ गते राति नै डम्मरको हत्या गरी शव गाडेको ठाउँ खुलाएपछि प्रहरी गएर उत्खनन गरेको हो ।
मृतकका आफन्तले पुस १ गते डम्मरको हुलियासहित खोजीका लागि निवेदन दिएका थिए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७८ माघ २

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP