२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

कोरोना अपडेट : देशभर २१९ संक्रमित थपिँदा २८३ निको, २ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २१९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सात हजार १८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१३ जना र दुई हजार ४९७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।९ प्रतिशत रहेको जनाएको छ ।

यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८५ पुगेको छ ।

यसैगरी, देशभर हालसम्म चार हजार ९०६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७८ पुष ११

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP