
कैलाली – सेती प्रादेशीक अस्पतालमा बुधबार ८ जना कोरोना संक्रमित थपिएका छन् ।बितेको २४ घण्टामा ५३ जनामा कोरोना परिक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो । ४५ जनाको रिपोर्ट निगेटिभ आएको छ ।
अस्पतालले आज जारी गरेको प्रेस नोटमा उल्लेख भए अनुसार हाल अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको जसमध्ये १ जना आइसियुमा र १ जनाको भेन्टिलेटर उपचार भईरहेको छ । त्यस्तै , आज अस्पतालमा १ जना नयाँ बिरामी भर्ना भएका छन् ।
त्यस्तै ,बितेको २४ घण्टामा कञ्चपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको भिमदत्तनगरपालिका १७ का ७८ वर्षिया पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...