२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

कांग्रेस खुला केन्द्रीय सदस्यमा देउवापक्षका ७१ प्रतिशत भन्दा वढीले जिते

काठमाडाैं – नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ जना मध्ये ३५ जना काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

काग्रेस विधान अनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला खुला केन्द्रीय सदस्यमा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।​

देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यसपटक देउवा पक्षले ७१ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य जितेको छ । देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनील थापा, उदय शमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।

यस्तै देउवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।

यता कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् ।

तत्कालीन पौडेल समूहले १३ औं महाधिवेशन २५ जना मध्ये ११ जना केन्द्रीय सदस्य जितेको थियो । देउवा समूहबाट त्यतिबेला केन्द्रीय सदस्यमा चुनाव जितेका मध्ये १४ जना थिए । तर अहिले ३५ जना खुला केन्द्रीय सदस्य आउँदा पनि कोइराला समूह ९ जनामै सीमित भएको छ ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७८ पुष ५

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP