२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले   १९८४ मत पाएका छन्।

गगनले कांग्रेसको १४ औं महाधिवेशनमा अहिलेसम्मकै सर्वाधिक मत पाएका छन्। उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ।

तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५६ मत पाएका छन् भने प्रदीप पौडेलले १३९३ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत आएको छ।

गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए। शेखरकै प्यानलबाट उम्मेदवार बनेका मीनेन्द्र रिजाल भने पाँचौं नम्बरमा आएका छन्।

सभापति जितेका शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल तेस्रो र चौथो भएका छन्।

विश्वप्रकाश पछिल्लो समय देउवा प्यानलमै थिए। तर उनले उम्मेदवारी घोषणा गर्दा एक्लै गरेका थिए।

देउवा समूहमा आफ्नो नाम नपरेपछि उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए।

गगनकुमार थापा- ३०२३

विश्वप्रकाश शर्मा- १९८४

प्रकाश शरण महत- १५५६

प्रदिप पौडेल- १३९३

मिनेन्द्र रिजाल- ८०९

राजाराम कार्की- १०६

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७८ पुष १

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP