२०८३ भाद्र ९, मंगलवार
August 25, 2026, Tuesday

आन्तरिक सुरक्षा नीति नै छैन देशमा

आन्तरिक सुरक्षा नीति खासगरी साइबर आक्रमण, संगठित अपराध तथा सशस्त्र समूहका गतिविधि नियन्त्रण र सुरक्षा निकायको सुदृढीकरणका लागि अत्यावश्यक

नवराज मैनाली, काठमाडाैं- देशका आन्तरिक सुरक्षाका चुनौती के हुन् ? यसको प्रस्ट जवाफ गृह मन्त्रालयसँग पनि छैन । किनकि मुलुकमा अहिले आन्तरिक सुरक्षा नीति नै छैन । ०७३ मा ल्याइएको राष्ट्रिय सुरक्षा नीतिका आधारमा आन्तरिक सुरक्षा नीति बनाउनेबारे छलफल भए पनि पाँच वर्षसम्म त्यसले मूर्त रूप पाएको छैन । आन्तरिक सुरक्षा नीति खासगरी साइबर आक्रमण, संगठित अपराध तथा सशस्त्र समूहका गतिविधि नियन्त्रण र सुरक्षा निकायको सुदृढीकरणमा अत्यावश्यक मानिन्छ । 

देशको आन्तरिक सुरक्षाका चुनौती पहिल्याएर त्यससँग जुध्न तयार गरिने योजना र कार्यक्रम आन्तरिक सुरक्षा नीति हो । आन्तरिक सुरक्षा नीतिविना गृह प्रशासन चलाउँदा वेलावेला सुरक्षा चुनौती देखिने गरेका छन् ।

सुरक्षा मामलाका जानकार राज्य सञ्चालकले आन्तरिक सुरक्षा नीतिको महत्व बुझ्न नसक्दा हचुवाकै भरमा सुरक्षा प्रणाली चलेको बताउ“छन् । तर, यस्तो नीतिविना नै गृह र प्रहरी प्रशासन चल्नु दुर्भाग्यपूर्ण भएको सुरक्षाका जानकार बताउँछन् । गृहकै अधिकारीहरू विगतमा वेलावेला छलफल भए पनि नीति बन्न नसकेको बताउँछन् । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल त अहिले आन्तरिक सुरक्षा नीति भए–नभएकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिन्छन् । शान्ति–सुरक्षा महाशाखाका प्रमुखसमेत रहेका पोखरेल भन्छन्, ‘गृहमा पुराना साथी हुनुहुन्न, त्यसकारण आन्तरिक सुरक्षा नीति बनेको छ–छैन बुझ्नैपर्छ ।’ 

पुरा समाचार पढ्नुहोस्

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७८ भाद्र १२

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP