२०८३ भाद्र ९, मंगलवार
August 25, 2026, Tuesday

आलंकारिक राष्ट्रपतिको ‘अस्वाभाविक’ सक्रियता

गृहमन्त्री र चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा डाकेर कार्यकारीको शैलीमा निर्देशन

नवराज मैनाली/काठमाडाैं – आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता ‘अस्वाभाविक’ ढंगले बढाएकी छिन् । देशको कार्यकारी प्रमुखको शैलीमा उनले शुक्रबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्देशन दिएकी छिन् ।

पछिल्लो समय देशभर आएको बाढीपहिरोको विषयमा ब्रिफिङ लिन राष्ट्रपति भण्डारीले गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेललाई शीतलनिवास डाकेकी थिइन् ।

राष्ट्रपतिले सुरुमा गृहमन्त्री अधिकारीबाट ब्रिफिङ लिएकी थिइन् । त्यसपछि उनले प्राकृतिक प्रकोप आउनै नदिने गरी नियन्त्रणमा लाग्न निर्देशन दिएको एक सहभागीले बताए । 

पुरा समाचार पढ्नुहोस्

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७८ असार ५

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP