२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

डोटी प्रशासनले निकाल्यो दोस्रो सूचना : जिल्ला लकडाउन भएको जानकारी

डोटीः जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबार दोस्रो सूचना जारी गरेको छ । सोमबार सूचना निकालेर निषेधाज्ञा जारी गरेको प्रशासनले मंगलबार अर्को सूचना जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सुचनामा नेपाल सरकारले आज देखी चैत्र १८ गते सम्म लागुहुनेगरी गरेको निर्णय डोटी जिल्लामा पनि लागु हुने जनाएको छ ।

सूचनामा सर्बसाधारणलाई अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । जिल्लामा सभा सम्मेलन, आमसभा, मेलामहोतसव, सेमिनार, गोष्ठि जस्ता कार्यहरु समेत नगर्न भनिएको छ ।

सूचनामा अत्यावस्यक सेवाहरु, भोजनालय, खाध्यान्न, औषधि पसल , अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी छापा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, मालसामान ढुवानीका साधन, खानेपानी पेट्रोलियम पदार्थको बितरण, बिद्युत सेवा बाहेकका अन्य सेवा, व्यवसाय र स्थलहरु बन्द हुने जनाइएको छ ।

यस्तो प्रशासनले मंगलबार जारी गरेको सूचना

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७६ चैत्र ११

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP