डोटीः जिल्ला प्रशासन कार्यालय डोटीले मंगलबार दोस्रो सूचना जारी गरेको छ । सोमबार सूचना निकालेर निषेधाज्ञा जारी गरेको प्रशासनले मंगलबार अर्को सूचना जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सुचनामा नेपाल सरकारले आज देखी चैत्र १८ गते सम्म लागुहुनेगरी गरेको निर्णय डोटी जिल्लामा पनि लागु हुने जनाएको छ ।
सूचनामा सर्बसाधारणलाई अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ । जिल्लामा सभा सम्मेलन, आमसभा, मेलामहोतसव, सेमिनार, गोष्ठि जस्ता कार्यहरु समेत नगर्न भनिएको छ ।
सूचनामा अत्यावस्यक सेवाहरु, भोजनालय, खाध्यान्न, औषधि पसल , अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी छापा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, मालसामान ढुवानीका साधन, खानेपानी पेट्रोलियम पदार्थको बितरण, बिद्युत सेवा बाहेकका अन्य सेवा, व्यवसाय र स्थलहरु बन्द हुने जनाइएको छ ।
यस्तो प्रशासनले मंगलबार जारी गरेको सूचना
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...