२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

न्युज अपडेट: दशगजा क्षेत्रमा अलपत्र नेपालीलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय

महेश नेपाल, धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा केहीबेर अघि सम्पन्न बैठकले त्रिनगर नाकाको दशगजा क्षेत्रमा रोकिएका नेपालीहरुको लगत संकलन गरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मामा पठाउने निर्णय गरेको हो।

पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले दशगजामा रहेका नेपालीहरुलाई आ–आफ्नो स्थानमा पुर्‍याउन प्रदेश सरकारले बसको व्यवस्था गर्ने जानकारी दिए।

उनले भने, ‘उनीहरुलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मा लगाइने छ। प्रजिअ तथा सम्बन्धित स्थानीय तहहरुले नै आफ्नो क्षेत्रमा आइसोलेसनमा राख्ने छन्।’

उनले अहिलेसम्म नाकामा कैलाली, कञ्चनपुर, अछाम, डोटी लगायतका १९ जिल्लाका नेपालीहरु रहेका छन्।

नाकामा भारतको बैंगलोर, मुम्बई, दिल्ली लगायतका स्थानमा काम गरिरहेका नेपालीहरु सोमबारदेखि अल्पत्र अवस्थामा रहेका छन्। अहिले पनि भारतका अन्य स्थानमा यस क्षेत्रका नेपालीहरु आउने क्रम जारी रहेको छ।

मन्त्री सुवेदीले आग्रह गरे, ‘म तपाईहरु ९सञ्चारकर्मीहरु०मार्फत भन्न चाहन्छु। जो जहाँ हुनुहुन्छ त्यही बस्नुहोस्। यो कठिन घडीमा सबै एक भई महामारीसँग लड्नुपर्छ।’

नेपालीहरु सोमबार बेलुकादेखि नै दशगजा क्षेत्रमा रहेका छन्। मंगलबार बिहान रातिदेखि सीमा कुरेर बसेका नेपालीहरु र प्रहरीबीच झडपसमेत भएको थियो।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७६ चैत्र ११

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP